सामुदायिक सूचना

सिन्धुली समाज अमेरिका तेस्रो कार्यसमिति गठनसम्बन्धी सूचना

संस्थाको नीति बमोजिम सक्षम, जिम्मेवार, र संस्थालाई समय दिन सक्ने व्यक्तिहरूको चयनका लागि सदस्यता, उम्मेदवारी, र सहभागितासम्बन्धी जानकारी यहाँ समेटिएको छ।

महत्त्वपूर्ण मिति

Membershipसेप्टेम्बर २१ सम्म
Picnicअगस्ट २२, न्यूयोर्क
Electionनिर्वाचन समिति छिट्टै गठन

छोटो जानकारी

वार्षिक सदस्यताका लागि नवीकरण आवश्यक छ। आजीवन सदस्यताका लागि नवीकरण आवश्यक पर्दैन। पिकनिक व्यक्तिगत खर्चबाट आयोजना हुँदैछ, संस्थाको रकम खर्च हुने छैन।

सदस्यता लिंकहरू

सदस्यता लिन वा फारम भर्नका लागि तलका आधिकारिक लिंकहरू प्रयोग गर्नुहोस्।

मुख्य बुँदाहरू

  • तेस्रो कार्यसमिति गठनका लागि निर्वाचनको तयारी हुँदैछ।
  • सदस्यता लिएर वा प्रत्यक्ष रूपमा बोर्डमा आबद्ध भएर सहभागिता जनाउन सकिन्छ।
  • उम्मेदवारी वा निर्वाचन सहभागिताका लागि सदस्यता अनिवार्य छ।
  • वार्षिक सदस्यहरूले सदस्यता नवीकरण गर्नु आवश्यक छ।

पिकनिक सूचना

न्यूयोर्कमा अगस्ट २२ मा पिकनिक आयोजना गरिएको छ र सबैको सहभागिताका लागि हार्दिक अनुरोध गरिएको छ। यो कार्यक्रम पूर्ण रूपमा व्यक्तिगत खर्चबाट आयोजना हुँदैछ। संस्थाको कुनै पनि रकम खर्च हुने छैन।

पूर्ण पत्र

आदरणीय सिन्धुली मूल घर भई अमेरिका निवासी सम्पूर्ण महानुभावहरूलाई हार्दिक अनुरोध। हाम्रो निकट भविष्यमा हुन गइरहेको तेस्रो कार्यसमिति गठनका लागि संस्थाको नीति बमोजिम निर्वाचन गरी सक्षम तथा संस्थालाई समय दिन सक्ने व्यक्तिहरूको चयन गर्नुपर्ने भएको हुँदा यहाँहरूको सहभागिताका लागि सिन्धुली समाज अमेरिका हार्दिक अनुरोध गर्दछ। निर्वाचनमा सहभागिताका लागि वा उम्मेदवारी दिन संस्थाको नीति अनुसार सदस्यता अनिवार्य भएकोले सदस्यता लिन चाहनुहुने महानुभावहरूले सेप्टेम्बर २१ सम्म माथि साझा गरिएको लिंकमा भिजिट गरी तथा हामीसँग सम्पर्क गर्नुहुन जानकारी गराइन्छ। साथै, पहिले नै वार्षिक सदस्यता लिनुभएका महानुभावहरूले आफ्नो सदस्यता नवीकरण गर्नुहुन अनुरोध गर्दछौं। आजीवन सदस्यताका लागि भने नवीकरण गर्नु पर्दैन। साथै, हामीले न्यूयोर्कमा अगस्ट २२ मा पिकनिकको आयोजना पनि गरेका छौं। यहाँहरू सबैको सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं। यहाँहरू सबैको जानकारीका लागि, यो कार्यक्रम पूर्ण रूपमा व्यक्तिगत खर्चबाट आयोजना हुँदैछ। संस्थाको कुनै पनि रकम खर्च हुने छैन। अब हामी छिट्टै निर्वाचन समिति गठन गरी निर्वाचनको तयारी गर्नेछौं। यहाँहरू सबैलाई संस्थामा प्रत्यक्ष रूपमा बोर्डमा आबद्ध भएर वा सदस्यता लिएर सक्रिय सहभागिता जनाइदिनुहुन सिन्धुली समाज अमेरिका हार्दिक अनुरोध गर्दछ। धन्यवाद। सिन्धुली समाज अमेरिका सचिवालय

सम्पर्क विवरण

कुनै प्रश्न, जिज्ञासा, वा सदस्यता सम्बन्धी जानकारीका लागि तल उल्लेखित प्रतिनिधिहरूसँग सिधै सम्पर्क गर्न सक्नुहुन्छ।

ContactArjun Kafle
740-816-1334
ContactNabin Bhujel
443-763-6598
ContactPrakash Aacharya
845-541-2233
ContactGyan Sunar
646-644-9561
ContactKrishna Karki
425-773-2492